वुटवल, ४ जेठ । स्वदेश फर्किन पाउने प्रतिक्षामा प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा अझै सयौं नेपाली अलपत्र अवस्थामा रहेका छन् । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भएपनि यकीन तथ्यांक आफूहरुसंग नभएको सम्बन्धित जिल्लाका अधिकारीहरुको भनाई छ । प्रदेश ५ अन्तर्गतका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकाहरुको संख्या समेत जोड्ने हो भने नेपालीहरु सिमा क्षेत्रमा हजारौंको संख्यामा पुग्ने प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् ।
स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमानाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य रहेका छन् । कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन नपाएको बताइएको छ । कैंयौं नेपालीहरु बेखर्ची हुन थालेको र कतिपय विरामी समेत पर्न थालेको सीमामा रहेका नेपालीहरुले बताएका छन् । नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको छ । यसरी अलपत्र परेकामध्ये सबैभन्दा धेरै नेपालीहरु नौतनवामा छन् । त्यहाँका ९ वटा क्वारेन्टाइनमा २१ दिन बसाई पूरा गरेका नेपालीको संख्या अझै एक हजारको हाराहारीमा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।
उता लामो समय दशगजामा अलपत्र परेकालाई भित्राउन सुरु गरेपछि रूपन्देही र कपिलवस्तुका क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षणका लागि पीसीआर किट अभाव भएको छ । यसअघि भारतबाट ल्याइएका सर्वसाधारणलाई सीमावर्ती स्थानीय तहका विद्यालयमा राखिएको थियो । फेरी भित्राएर राख्न दुवै जिल्लामा क्वारेन्टाइनको अभाव भएको छ ।
प्रदेश सरकारले एक स्थानीय तहलाई एक हजारजना अट्ने क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । लामो समय दशगजामा अलपत्र परेकालाई भित्राउन सुरु गरेपछि रूपन्देही र कपिलवस्तुका क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षणका लागि पीसीआर किट अभाव भएको छ । यसअघि भारतबाट ल्याइएका सर्वसाधारणलाई सीमावर्ती स्थानीय तहका विद्यालयमा राखिएको थियो । प्रदेश सरकारले एक स्थानीय तहलाई एक हजार जना अट्ने क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ ।
कोरोना परीक्षणका लागि दुवै जिल्लामा आवश्यक किट उपलब्ध हुन नसक्दा समस्या भएको हो । यसले भारतबाट ल्याएर क्वारेन्टाइनमा राखिएकालाई चाँडो व्यवस्थापन गर्न कठिनाइ भएको छ । रुपन्देहीको सिमा क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई आन्तरिक सहमति गरेर राजनैतिक दलहरुले नेपाल प्रबेश गराइरहेका छन् । अहिले उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।
प्रतिक्रिया