अर्थ-वाणिज्य

सहयोगी हातहरुः विपन्न परिवारलाई राहत सामाग्री वितरण



कपिलवस्तु, ४ जेठ ।  कोरोना भाइरसका कारण उत्पन्न समस्यामा परेका विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामाग्री वितरण गरिएको छ । बाणगङ्गा कपिलवस्तु नेपाली कांग्रेस बाणगङ्गा वडा नं. ३ कार्यसमितिको आयोजनामा नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं. १ को सहयोगमा बाणगङ्गा वडा नं. ३ भित्रका अति बिपन्न परिवार एकल असहाय र अशक्त २६  परिवारलाई खाद्यान्न झुल लगायतका सामाग्री वितरण गरिएको छ । बाणगङ्गा–३ गङ्गौली वडा सभापति खिमानन्द पाण्डेको घरमा बोलाई विपन्न असहाय एकल परिवारर्ला खाद्यान्न दाल, चामल,नुन,तेल झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । 

            कार्यक्रम वडा सभापति खिमानन्द पाण्डेको अध्यक्षतामा नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यतामा नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको बिशिस्ट आतिथ्यता त्यसैगरी तरुण दलका जिल्ला सदस्य कृष्ण पराजुली,नेका का नेता राजन पाण्डे लगायत नेविसंघ तरुण दलका नेता कार्यकर्ता को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दल सधैव जनताको साथमा रहेको बताउँदै विद्यार्थीका हक हित मात्र हैन सामाजिक कार्यमा समेत अग्रसरताका साथ लागि परेका बताउनुभयो । 

            कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले देश येस्तो अवस्थामा रहदा त्यसै बस्न नसकिएको र बिपन्न परिवारलाई सहयोग गर्नुपर्छ भनेर हामीले पार्टी ब्यक्ती बिशेष नहेरी जो बिपन्न छन् ती परिवारलाई सहयोग गर्दै आइरहेका बताउनुभयो । ठकुरीले असाहय अशक्त र वृद्ध परिवारलाई केही राहत होस् भनेर राहत सामाग्री वितरण गरिएको बताउनुभयो । विपतमा आफूहरुले सहयोग पाएको भन्दै विपन्न परिवारहरु हर्षित भएका छन् । तरुण दल र नेविसंघल यस अघि पनि राहत सामाग्री वितरण गरेका थिए ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६