लुम्बिनी

कपिलवस्तुको क्‍वारेन्टाइनबाट संक्रमित गाउँकै ४५ जना भागे



कपिलवस्तु, ५ जेठ । कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित क्वारेन्टाइनमा राखिएका ४५ जना भागेका छन्।  शुक्रबार र शनिबार राति गरी उनीहरु भागेका हुन् । यशोधरा वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्‍वारेन्टाइनबाट ३० जना र उक्त वडाकै राष्ट्रिय निमाविको क्‍वारेन्टाइनमा राखिएका १५ जना गरी ४५ जना भागेका हुन् ।  यशोधरा गाँउपालिकामा हालसम्म १२ जना कोरोना भाइरसका  संक्रमित फेला परेका छन भने सबै भन्दा बढि संक्रमित वडा नम्बर ८ कै पाँच जना छन ।

            सुरक्षाकर्मी परिचालन गरेर उनीहरुको खोजी कार्य भइरहेको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वडा नम्बर ८ को भारतसँग सीमा जोडिएको क्षेत्र हो । भारतबाट आएका मानिसहरुलाई यहाँको क्‍वारेन्टाइनमा राखिएको छ। क्‍वारेन्टाइनमा राखिएकाहरु भागेपछि स्थानीयहरु त्रसित बनेका छन् । उनीहरु के कारणले भागे भन्नेबारे थाहा हुन सकेको छैन ।

            कपिलवस्तुमा कोरोना भाइरसको उच्च संक्रमणमा रहे पनि कोरोना भाइरस संक्रमण भएकै यशोधरा गाउँपालिकाबाट ४५ जना भाग्दा जिल्ला वासी नै त्रासमा छन् । तीन चारदिन देखि मानिसहरु भाग्दा समेत स्थानीय प्रशासनले भागेकाहरुको खोजी नगरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६