लुम्बिनी

कोरोनाबाट मृत्युपछि ३८ जना अस्थायी क्वारेन्टिनमा



बाँके ५ जेष्ठ । एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ ।  उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार मृृत्यु भएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिनुभयो । 

     उहाँका अनुसार युवकको मृत्यु भएको दीपेन्द्र क्वारेन्टिनमा बस्न नमानेपछि सबैलाई  जय किसान माविमा सारिएको हो । जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ ।  नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइबार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए । 

     गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टिनमा आइतबार अचानक भएको  निधनपछि क्वारेन्टिनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६