ब्रेकिंग न्युज

नरैनापुरमा एकैपटक थपिए ४७ पोजेटिभ । ३ सय ५७ संक्रमित दुई जनाको मृत्यु ।



नेपालगञ्ज ५ जेठ ।

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ति बाँके नरैनापुर गाउँपालिकाका नागरिक हुन । नरैनापुरमा आइतबार विहान एक युवकको कोरोना संक्रमणले मृत्यु समेत भएको थियो ४६
महिला १ पुरुष पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल २ सय ६३ जनाको परीक्षण भएको  थियोबाँके नरैनापुर गाउँपालिका वडा
नं.५ स्थित क्वारेन्टाइनमा आइतबार विहान एक युवकको मृत्यु भएपछि नरैनापुर
क्षेत्रमा त्रासको माहोल छ । मान्छेहरु घर भित्रै छन् ।
गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा राति ३ बजे मृत्यु भएको थियो ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मोरङ, गुल्मी, धादिङ,
दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएका हुन्। उनीहरू सबै १८
देखि ४६ वर्ष उमेर समूहका छन्।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ।
तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्। 

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६