प्रदेश

छाडा चौपाया व्यवस्थापनमा श्रृङ्गिघाट सामुदायिक वनको साथ



हरि घिमिरे, २६ वैशाख । 
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले व्यवस्थापन गरेका छाडा गाईहरूको संरक्षणमा श्रृङ्गिघाट सामुदायिक वनले सहयोग गरेको छ । वनले मातातीर्थ औँशीको अवसरमा बुधवार  सहयोग गरेको हो । वनले बाणगङ्गाको कोठी छेउमा रहेका गाईहरूलागी तथा मधुवन धामको गौशालामा सहयोग गरेको छ । वनले दुवै स्थानका ५० / ५० हजार रुपैयाँ सहयोग गरेको हो । हिन्दु परम्परा अनुसार आमा समान मानिने गाईलाई मातातीर्थ औँशीकै दिन वनले दायित्व मात्र नभई पुण्यको काम गरेको छ ।


कोठी खोला छेउमा करिव चार सय गाई व्यवस्थापन गरिएको वडा न. २ का वडा अध्यक्ष तथा छाडा चौपाया व्यवस्थापन समितिका संयोजक विष्णु पौडेलले बताए । उनले  गाई व्यवस्थापन तथा गाईहरूको खाद्यान्नका लागि सहयोग गर्ने श्रृङ्गिघाट सामुदायिक वनलाई आभार व्यक्त गरे । उनले चुनौतीको सामना गर्दै आफू दिनरात गाईको व्यवस्थापनमा जुटेको बताए । चौपाया व्यवस्थापन एक्लैले नहुने भन्दै  श्रृङ्गिघाट सामुदायिक वनले जस्तै अरुले पनि सहयोग गरेमा सहज हुने बताए । पौडेलले नगरपालिका भित्र चार ठाउँमा  छाडा चौपाया व्यवस्थापन गर्दै आएको बताए । उनले पूर्ण रुपमा व्यवस्थापन गर्न जो कसैले पनि  बाटोमा या अन्त कतै गाई, गोरु देखेमा सम्बन्धित ठाउँमा  पुर्याएर सहयोग गर्न आग्रह गरे । त्यति पनि नभए नगरपालिकामा खवर गरेमा नगर प्रहरीलाई खटाउन सकिने उनले बताए । 


यता मधुवन धामका अध्यक्ष कृष्ण पौडेलले श्रृङ्गिघाट सामुदायिक वनलाई धन्यवाद दिए । उनले गाई व्यवस्थापन सजिलो छैन, तै पनि संघ संस्था सबै सक्रिय भएर लागेमा सम्भव रहेको पनि बताए ।
यस्तै वनका अध्यक्ष गणेश बहादुर सिहं ठकुरीले  छाडा चौपाया व्यवस्थापनमा श्रृङ्गिघाट सामुदायिक वनको साथ सदैव रहने बताए । यस वर्ष कार्ययोजना बनाएरै बजेट बनाएका थियौं, अर्को वर्ष पनि कार्ययोजनामा हामिले छाडा चौपाया व्यवस्थापन राख्ने छौं, उनले भने ।


वनका पदाधिकारी, समाजसेवी सुर्य बराल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव शुस्मा खाँणले गरेकी थिइन । 

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६