प्रदेश

के.पी. शर्मा ओली कपिलवस्तु आउदै



कपिलवस्तु, २५ वैशाख ।
नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको यहि वैशाख २६ र २७ गते चन्द्रौटामा हुने नेकपा एमालेको दशौं जिल्ला अधिवेशनको समुद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नु हुने छ । अध्यक्ष ओली जिल्लामा आउने भए पछि कपिलवस्तुवासीमा उत्साह थपिएको छ । केपी ओली आउने भएपछि चन्द्रौटा आसपासमा घर दैलो गरिएको छ । एमाले सरकारमा हुदा गरेका काम लिएर घरदैलो गरिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्राईले घरदैलोमा केपी ओली आउने कुराको जानकारी पाउदा स्थानीयबासी खुशी भएको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो , “ज्येष्ठ नागरिकमा थप उत्साह जागेको छ ” ।


के.पी. ओलीको आगमनले स्थानीयमा खुशीयाली छाएको छ , उहाँले भन्नु भयो । चन्द्रौटा क्षेत्रको विकासका लागि दशौं अधिबेशन शिवराज नगरपालिकाको चन्द्रौटामा राखिएको जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । २६ गते विहान विजयनगर गाउँपालिकामा रहेको १५ शैयाको अस्पतालको पुर्व प्रधानमन्त्री ओलीले उद्घाटन गरि १२ वजे चन्द्रौटामा अधिबेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष शर्माले बताउनु भयो ।


घरदैलो गर्दा स्थानीयमा चुनाबको झल्को आएको नगर कमिटि सचिव शरद अधिकारीले बताउनु भयो । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि शिवराजमा कार्यक्रममा सहभागी हुन सबै दल , कार्यकर्ता , शुभेच्छुक सबैमा अनुरोध गरिएको नगर उपाध्यक्ष महादेव पोख्रेलले जनाउनु भयो । अधिवेशनमा ५ सय ५३ प्रतिनिधिहरुको सहभागिता रहने पार्टी सचिव सिवी गहतराजले बताउनु भयो ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६