अर्थ-वाणिज्य

क्वारेण्टाइनवाट भाग्दै जाँदा रित्तिने भएपछि २ पालिकाले किन्ने भए भिटिएम किट



कपिलवस्तु ६ जेठ। कपिलवस्तुका क्वारेण्टाइनमा वसेका ब्यक्तिहरुले १४ दिन सम्म क्वारेण्टाइनमा बस्दा पनि पिसिआरकालागि थ्रोट स्वाव संकलन गर्ने काम नभएपछि कपिलवस्तुका २ पालिकाले भिटिएम कीट किन्ने निर्णय गरेका छन्। जस अनुसार यशोधरा गाउपालिकाले जय श्री ट्रेडर्स काठमण्डौवाट १२ सय कीट अर्डर गरेको छ । उक्त कीट बुधवार पालिकामा आई पुग्ने स्वास्थ्य शाखा प्रमुख ज्योती दुबेको भनाइछ ।


     यता  किटको अभावमा कोरोनाको पिसिआर परिक्षणमा ढिलाई भएपछि कपिलवस्तु नगरपालिकाले एक हजार थान किट किन्ने भएको छ । भारतबाट फर्र्केर क्वारेनटाईनमा १४ दिन बिताएका नागरिक समेत किट अभावले परिक्षण हुन नसके पछि पिसिआरकालागि भिटिएम किट किन्ने प्रकृया अघि बढाईएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरीन्जीवी सापकोटाले किट अभावले क्वारेन्टाईनमा भएका ब्यक्तिहरुको परिक्षण हुन नसकेपछि किट किन्ने तयारी गरिएको वताउनु भयो । एक दुई दिनमै सिघ्र सुपुर्दगी हुने गरी कीट आइपुगने उहाले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

    कपिलवस्तु नगरपालिकामा कोरोना महामारी नियन्त्रण गर्नको लागि नगरपालिको १२ वटै वडामा निर्माण गरिएको क्वारेन्टार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ईनमा  ९ सय जना छन । ती सबै भारतका बिभिन्न शहरबाट फर्केका हुन । पिसिआर परिक्षणकालागि चाहिने किटकालागि संघीय र प्रदेश सरकारसंग पटक पटक अनुरोध गर्दा समेत किट प्राप्त नभएको सापकोटाले गुनासो गर्नु भयो । अहिलेको परिस्थितिलाई ध्यान दिई नगरपालिकाको कुनै पनि कोषबाट भुक्तानी हुने गरी किट तुरन्त खरीद गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६