अर्थ-वाणिज्य

वित्तिय क्षेत्र,उद्योग र विकासका काम सूचारु गर्ने प्रदेश सांसदको निर्णय , त्यो निर्णय कार्यान्वयन हुन सक्दैन : प्रजिअ



कपिलवस्तु ६ जेठ । कपिलवस्तुमा कृषिकार्य र अत्याबश्यक उत्पादन मुखी उद्योगका कामहरु सामाजिक दुरी कायम गरेर जारी राख्ने निर्णय गरिएको छ । यसैगरी  बन्द रहेका उद्योगहरु मजदुरको आवत जावत नहुने गरी संचालन गर्ने र वित्तिय सस्थाहरु समय तेकेर खोल्ने ब्यबस्था मिलाउन प्रदेश ५ का सांसदहरुले निर्णय गरेका छन् । सांसदले गरेका निर्णयको कार्यान्वय हुने ब्यवस्था मिलाउन सरकारको ध्यानाकृष्ट गराएका छन् ।

        उनीहरुले आवश्यक निर्णय गर्दै प्रदेश ५का मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन् भने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई  भेटेरै जानकारी दिएका छन् । सांसदहरुले गरेको निर्णय अनुसारको वाताबरण तत्काल  मिलाउन प्रजिअलाई आग्रह गरेका छन् । यस्तै पहिलो चरणमा राजमार्गमा जोडिएका नगरपालिकाहरुमा विकास निर्माणका काम क्रमश सुचारु गर्ने विषयमा उनीहरुले निर्णय गरेका छन् । नदीवाट ढुवानी गर्ने काम भने कडा रुपमा रोक लगाउने सांसदहरुले निर्णय गरेका छन् । पालिकाहरुले निश्चित विकासका योजनाहरु छानेर भीडभाड नहुने गरी विकासका काम गर्ने वाताबरण मिलाउन आग्रह समेत गरेको प्रदेश ५का सांसद बिष्णु पन्थीले बताउनु भयो । 

        यता  कपिलवस्तुका जन निर्वाचित ६ जना र समानुपातिक ६ जना सांसद गरी १२ मध्ये  ८ जना सांसदको उपस्थितीमा आज सम्पन्न बैठकले गरेका निर्णय कार्यान्वयनमा आएमा विकास निर्माणका केहि कामहरु सूचारु हुन सक्छन् प्रदेश सांसद दिर्घ नारायण पाण्डेले वताउनु भयो  । यस्तै कपिलवस्तुको चिन्ता एकजना सिडियोको मात्र होइन हामी जनप्रतिनिधीको पनि हो भन्दै जिल्ला सील भएको प्रति असहमति छैन तर विस्तारै कोरोना विरुद्ध लड्ने र गर्न मिल्ने काम  विस्तारै गर्दै जाऔं भन्ने हाम्रो आग्रह होे प्रदेश सांसद अर्जुन केसीले वताउनु भयो । 

        यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रदेश सांसदहरुले केहि खुकुलो वाताबरणको कुरा गर्नु भएको छ तर अहिले त्यस्तो परिस्थती तयार भएको छैन भनेर जानकारी दिएको छु भन्दै उहाहरुको चासोलाई बाताबरण अनुकुल हुदा सोच्न सकिन्छ प्रजिअले प्रेसपाटीसंग भन्नु भयो ।  जनप्रतिनिधीहरुले गरेका कुरा सहि हुनसक्छन्  तर जिल्ला सील भएको अवस्थामा कार्यान्वयनमा लैजाने गरी प्रशासनले निर्णय गरेको छैन उहाले भन्नु भयो । क्वारेण्टा्रइनमा रहेकाहरुको टेष्ट पछि नतिजा भयाभह हुने आएन भने उहाहरुले भने जस्तै गर्न सकिएला भन्दै अहिले नै कुनै निर्णय भएको भन्न नमिल्ने उहाले प्रष्टयाउनु भयो । सांसदहरु जिल्ला समन्वय समितिको कोरोना रोकथामको समिक्षा कार्यक्रममा सहभागि भएका बखत उक्त निर्णय गरेक हुन् । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६