अन्तर्राष्ट्रिय

स्वतन्त्र छानविन गर्न दिने डब्ल्युएचओको घोषणा



एजेन्सी, ७ जेठ । कोरोना भाइरसका लागि डब्लुएचओले लिइएका नीतिहरूमा निष्पक्षता माथि प्रश्न उठेपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ ।

            अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन नगरे सहयोग सधैंका लागि रोक्ने भनेर ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको केही घण्टामै डब्ल्युएचओले यस्तो निर्णय आएको हो । डब्ल्युएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका हुन् ।

            राष्ट्रसंघीय निकाय डब्ल्युएचओले महामारीविरूद्ध अख्तियार गरेको कामको अमेरिकाले निरन्तर आलोचना गर्दै आइरहेको बखत स्वतन्त्र छानवीन गर्ने सदस्य राष्ट्रहरूबीच सहमती भएको छ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६