लुम्बिनी

रोल्पा अस्पतालमा निधन भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ



रोल्पा, ७ जेठ । जिल्ला अस्पताल रोल्पाको आइसियुमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। गत सोमवार मृत्यु भएका युवाको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। 

        रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको दुबै मृगौला फेल भएपछि ज्यान गएको थियो ।काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका थिए । उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

            अस्पतालमा मृत्यु भएका युवालाई कोरोनाको आंशका गरी उनको स्वाव परीक्षणा लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । ५ नं. प्रदेशको दाङ, भैरहवा र नेपालगञ्जमा स्वावको परीक्षण हुँदै आएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६