ब्रेकिंग न्युज

अधिकारकर्मीको जोड मेसिन किन्न ,पालिकाको अग्रसरता कीट किन्न



कपिलवस्तु ७  जेठ  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले कपिलवस्तु बढी प्रभावित देखिएकोले कपिलवस्तुमै पिसिआर मेसिन खरिद गरि क्वारेनटाइनमा रहेका नागरिकको स्वाव परिक्षण गर्न माग गर्दै कपिलवस्तुमा कृयासिल मानवअधिकार कर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । जिल्लामा कृयासिल मानवअधिकारको क्षेत्रमा कृयासिल संस्था इन्सेक, माहुरीहोम मानवअधिकार एलाइन्स विच भएको भर्चुअल वैकठकले निर्णय गर्दै अधिकारकर्मीहरुको टोलिले प्रमुख जिल्ला अधिकारी दिर्गनारायण पौडेललाई भेटी ज्ञापनपत्र बुझाएका छन ।

         जिल्ला उच्चजोखिममा रहेको र क्वारेनटाइनमा करिव ७ हजार भन्दा बढी नागरिक रहेको हुदा नेपाल सरकारले गर्ने नियमित पिसिआर परिक्षणले मात्र सबैको कोरोना परिक्षण सम्भव नभएकोले कपिलवस्तुमा छुट्टै पीसिआर मेसिन गरिद गरि जेकजाचँको दायरा बढाउन माग गरेका हुन् । यता पिसिआरकालागि किट अभाव भएपछि कपिलस्तुका ५ पालिकाहरुले आफनै कोषवाट धमाधम भिटिएम किट  किन्दै परीक्षणको ब्यवस्था मिलाउदै गर्न थालेका छन् ।   

        किटको अभावमा पिसिआर परिक्षणमा ढिलाई भए पछि कपिलस्तुका स्थानीय निकायले आफनै कोषबाट धमाधम भिटिए किट किन्न थालेका हुन् । सघीय र प्रदेश सरकारसंग पटक पकट किट माग गरिए पनि उपलब्ध नभएपछि पालिकाहरुले किट किन्न थालेका हुन । कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक एक हजार थान किट किनि सकेका छन । महाराजगंज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभुमी नगरपालिकाले एक हजार , यशोधरा गाउपालिकाले १ हजार २ सय थान किट किन्ने प्रकृया अघि बढाएको छ ।

     जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको वताएका छन् । क्वारेनटाईनमा बस्नेको संख्या निरन्तर बढीरहको छ । क्वारेन्टाईनमा ७ दिन बिताएका मान्छको पिसिआरकालागि स्वाब संकलन गुर्न पर्ने हुन्छ ।   क्वारेनटाईनमा २ देखि ३ साता बिताएका मान्छेहरुको संख्या बढीरहेको छ । तर किट अभावले स्बाव संकलन हुन नसकेको शिवराज नगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले किट अभावले स्वाव संकलन कार्य रोकिएको बताउनु भयो । महाराजगंज नगरपालिकामा जिल्लाको सबै भन्दा बढी १ हजार ६३० जना क्वारेन्टाईनमा छन । 

  ‘ भारतबाट फर्केका ब्यक्तिलाई क्वारेन्टाईनमा जसोतसो गरी राखेका छौ तर उनीहरुको स्बाव सयममै संलकन नहुदा कोराना फैलने डर भएको छ ’ उहाले  भन्नु भयो ‘  स्वाब संकलनकालागि किटको अभाव छ । स्वास्थ्यकर्मी पनि छैनन अब कसरी कोरोनो ब्यवस्थापन गर्ने ’ उहाले प्रेसपाटीसंग भन्नु भयो   । कहीबाट उपलब्ध हुन नसके पछि नगरपालिकालको आन्तरिक बजेटबाट १२ सय किट किन्न लागेको उहाले वताउनु भयो  । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहले निर्माण गरको  १ सय ८८  स्थानका क्वारेन्टाइनमा ७ हजार ५४७ जना रहेका छन् । कपिलवस्तु नगरपालिकामामा नौ सहीत जिल्लामा ५९  संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार साझ सम्म १ हजार ३४२ जाको स्वाब    संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६