अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५० लाख ८५ हजार बढी संक्रमित, ३ लाख २९ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ८ जेठ । विश्वभर महामारीको रुपमा फैलिदै गएको  कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार ७२१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीले ५० लाख ८५ हजार ६६ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट २० लाख २१ हजार ८४३ जना उपचारपछि सन्चो भएर घर फर्केका छन् । बितेको २४ घण्टामा साढे ४ हजार बढीले ज्यान गुमाएका छन् भने करिब ९७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

            विश्वका विभिन्न अस्पतालहरुमा  २७ लाख ३३ हजार ५०२ जनाको उपचार भइरहेको छ । अस्पतलमा उपचारारत मध्ये ४५ हजार ८०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विहिबार  विहानसम्म संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६५ हजार बढीको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७ हजार बढीको मृत्यु भएको  छ । यस्तै एसियाली मुलुकहरुमा साढे २५ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

        अहिलेसम्म कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९९४ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार ९९१ जना संक्रमित भएका छन् ।अमेरिकापछि रुसमा सबैभन्दा बढी  संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ । कोरोना कहरले विश्वको अर्थव्यवस्था नै तहस नहस बनाउँदै गएको छ भने करोडौं मानिसहरु बेरोजगार बनेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६