लुम्बिनी

४० जना रुपन्देही र पाल्पाका पत्रकारको आरडिटी नेगेटिभ



बुटवल, ८ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा आज बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ ।  कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४०  पत्रकारको आरडिटी  गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिनुभयो ।

            खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताउनुभयो । “पहिलो चरणमा ३५ जनाको आरडिटी  भएको छ, अब अर्को चरणमा अरु सदस्यलाई समेट्छौंँ”, उहाँले भन्नुभयो ।

            महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।

 दोस्रो चरणमा रामपुरमा

            तानसेन– नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको संयोजनमा क्रियाशील पत्रकारको आज कोरोना परीक्षण गरिएको छ । कोभिड –१९  को संक्रमण फैलिँदै गएपछि जिल्लाका ३६ पत्रकारको आरडिटी गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

            पहिलो चरणमा तानसेनमा परीक्षण गरिएको र दोस्रो चरणमा रामपुरमा परीक्षण गर्ने तयारी गरिएको महासंघका सचिव किरण कौशलले जानकारी दिनुभयो । पाल्पामा आजै ३९  नेपाली सैनिकको समेत आरडिटी गरिएको छ । (रासस)

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६