अर्घाखाँची, ८ जेठ । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा त्रास हटेको छ ।
गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो । कोरोना संक्रमित शिक्षकको भने आज विहान निधन भएको छ ।
ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष यहाँ उपचार सम्भव नभएपछि यही जेठ १ देखि रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए ।
प्रतिक्रिया