लुम्बिनी

रमजान सादगीका साथ मनाउन धर्म गुरुको आग्रह



बाँके, ९ जेठ ।   कोरोना सङ्क्रमणकोे महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । नेपालगञ्जस्थित मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ घरमै मनाउन आग्रह गर्नुभएको हो ।

धर्मगुरु एवम् नेपालगञ्जका मुसलमान अगुवा मौलाना अबदुल जब्बार मञ्जरीले अलबिदाको नमाज र इदुल फित्रको नमाज सङ्क्रमण फैलिने खतरा रहेकाले घरघरमै बसेर मनाउन आग्रह गर्नुभएको छ । हाजी मोहमद हारुन हलवाईका अनुसार आगामी सोमबार रमजानपर्व सकिँदै छ ।  कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । (रासस)

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६