अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५१ लाख ९४ हजार बढी संक्रमित, ३ लाख ३४ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ९ जेठ । विश्वमा महामारीको रुपमा फैलिदै गएको  कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६१६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीले ५१ लाख ९४ हजार ९९जना संक्रमित भएका छन् ।

            यस्तै २० लाख ८० हजार ८२३ जना मानिस उपचारपछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा  ५ हजार बढीले जनाले ज्यान गुमाएका छन् भने १ लाख ५ हजार बढीमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पुष्टि भएका २७ लाख ७८ हजार ५६० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६२० जनाको स्वस्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।

            कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८ सय बढीको मृत्यु भएको छ । त्यस्तै १८ लाख ४८ हजार ३ सय बढी संक्रमित भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २६ हजार २ सय भन्दा धेरैको  मृत्यु भएको छ । ८ लाख ८७ हजार २ सय भन्दा धेरै जना संक्रमित भएका छन् ।

            विश्वमै कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार ३५४ जनाको मृत्यु भएको छ । १६ लाख २० हजार ९०२ जना संक्रमित भएका छन् ।  अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । रुसमा ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ । साढे ४ महिना अघि चिनको बुहानमा देखा परेको कोरोना भाइरसले विश्वकै जनजीवन अस्तव्यस्त पार्दै लगेको छ । अहिलेसम्म विश्वका २१३ राष्ट्र र २ वटा पानी जहाजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६