लुम्बिनी

उठेन अस्पतालबाट शव, कोरोना देखिएपछि उपचारै भएन, छानबिन हुनुपर्छः परिवार



बुटवल, ९ जेठ ।  रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब चौबीस घण्टा हुँदासम्म पनि उठ्न सकेको छैन ।  जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका विरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो । आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा बुधबार बिहान आफूहरु हेर्न जाँदा झ्यालको शिशा खुल्लै रहेको, सोफा बांगो बनाएर राखिएको पारिवारिक सदस्यहरु बताउँछन् । 

            मृतकका भाइले जेठ ५ गते कोरोना देखिएपछि विरामीले उपचार नै नपाएको दावी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने अडान लिएका छन् । कोरोनाको रिपोर्ट आएपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइले दाबी गरेका छन् अस्पतालले राम्रोसंग उपचार भएको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको उनको आरोप छ । 

        बिरामीको ढाडबाट पानी निकाल्नुको प्रयोजन के का लागि हो आफूहरुलाई कुनै जानकारी अस्पतालले नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दुध आफै खाएको उनले बताए । ‘कोरोना देखिएपछि विरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानवीन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र विरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।

        रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाह संस्कार गर्ने भनिए पनि घाटको समस्या भएकाले ढिलाई भएको प्रतिक्रिया दिनभयो । उहाँले मृतकका मागका बारेमा आफूलाई जानकारी नभएको बताउनभुये । क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले विरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दावी गर्नुभयो । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६