लुम्बिनी

कोरोना भाइरसः मृतकको शव व्यवस्थापन कार्यविधि विपरित शव व्यवस्थापन, यस्तो छ कार्यविधि



बुटवल, ९ जेठ । सरकारले आफैले बनाएको कार्यविधि विपरित सव व्यवस्थापन गरेको छ । मृतकको धार्मिक परम्परा अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुसमेतलाई सुरक्षित राख्दै शव व्यवस्थापन गर्नुपर्ने कार्यदिशामा उल्लेख छ । मृतकका परिवारले हिन्दू परम्परा अनुसार जलाउनु पर्ने शव गाडेको भन्दै आपत्ति जनाएका छन् । मृतकका परिवारको असहमति वीच कोरोना संक्रमणका कारण विहिवार मृत्युवरण गरेका गुल्मीका शिक्षकको शव व्यवस्थापन गरिएको छ । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहका शिक्षकको शव शुक्रबार दिउसो १ बजेर ४० मिनेटमा व्यवस्थापन गरिएको हो ।

            अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शवको व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोलीले सुरक्षित तरिकाले शवको व्यवस्थापन गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिनुभयो । कोरोना सक्रमित व्यक्तिको शव व्यवस्थापन कार्यबिधि अनुसार व्यवस्थापन गरिएको जनाईएको छ । 

            रुपन्देहीको देवदह नगरपालिका १० को जंगलमा हिन्दु सँस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । उहाँले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसंग समन्वय तथा शब व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शब व्यवस्थापनमा ढिलाई भएको जानकारी दिनुभयो  । शवको अन्तिम सस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको बताइएको छ । 

            उपचारका लागि जेठ १ गते रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियमा उपचार गराईरहेका उनको जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । 

यस्तो छ कार्यविधि

– शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्छ, मृतकको धार्मिक परम्परा अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुसमेतलाई सुरक्षित राख्नु पर्नेछ ।

–कोरोनाको कारण मृत्यु भएकाको शव जथाभावी सदगत गर्न हुँदैन ।

– शवलाई कमभन्दा कम चलाउनुपर्छ ।

– शवलाई अस्पताल–घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्दछ ।

– शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।

– शवमा लागेका पाइप, केथेटरलगायतका सामग्रीहरु हटाइदिनुपर्छ ।

– शवलाई सफा गर्नु आवश्यक छैन ।

–शव अन्तिम संकार गर्ने स्थलतर्फ लैजान साधारण शवबाहनको प्रयोग गर्न सकिनेछ ।

– शवलाई जति सक्दो चाडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्छ ।

–शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष व्यागको आवश्यकता पर्ने छैन ।

– ६० वर्षभन्दा माथिका व्यक्तिहरु र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट पाउने छैनन ।

– सदगत गर्नुपूर्व आफ्नो कुल परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।

– मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न सक्नेछन् ।

– कोरोनाले मृत्यु भएको व्यक्तिको पोस्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाउनुपर्छ ।

– यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।

– कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ ।

– स्वास्थ्य सामग्रीहरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ ।– पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेका सामग्रीहरु राम्रोसँग सफा गर्नुपर्दछ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६