अन्तर्राष्ट्रिय

विश्वका २१ लाख ५६ हजार बढी मानिसले कोरोना भाइरस जिते



एजेन्सी, १० जेठ । विश्वभर २१ लाख ५६  हजारभन्दा बढी मानिसहरुले कोरोना भाइरस जितेका छन् ।  विश्वका २१३ मुलुकमा  फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९८ हजार २०७ मध्ये २१ लाख ५६ हजार २९५ जना मानिसले कोरोना भाइरस जितेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।यस्तै २४ घण्टामा ५ हजार २ सय बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ ।

            एकै दिन १ लाख ७ हजार १ सय बढीमा  यसको संक्रमण पुष्टि भएको छ । २८  लाख २ हजार ४९४ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५८३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

शनिबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४ सय बढी मृत्यु भएको छ । १८ लाख ६८ हजार १ सय बढी संक्रमित भएकोमा ८ लाख ४९ हजार बढी निको भएका छन् ।

            एसियाली मुलुकहरुमा २६ हजार ६ सय बढीको मृत्यु भएको छ । ९ लाख १२ हजार बढी मानिस संक्रमित भएका छन् भने ५ लाख ३१ हजार ९ सय बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

            कोरोना भाइरस महामारीको सबैभन्दा बढी मार खेपेको अमेरिकामा ९७ हजार ६ सय ९४ जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ४५ हजार ९४ जनामध्ये ४ लाख ३ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसका कारण ३ करोड ८० लाख मानिस अमेरिकामा बेरोजगार भएका छन् । कोरोना भाइरसले विश्वको अर्थव्यवस्था नै गम्भीर धक्का दिएका छ । 

        यस्तै नेपालमा ५१६ जना संक्रमित भएकोमा ७० जनाले कोरोनाभाइरस जितेर अस्पतालबाट घर फर्केका छन् ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६