लुम्बिनी

पत्रकारका लागि कोरोना कोष



गुल्मी १० जेष्ठ ।  नेपाल पत्रकार महासङ्घ गुल्मीले कोरोना रोकथाम तथा उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घ जिल्ला कार्यसमितिको शुक्रबार साँझ बसेको बैठकले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीका लागि रु डेढ लाखको कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएकाले महासंघकै भवनलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताउनुभयो ।

मास्क र सेनिटाइजर वितरण

            पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिपत्रकारलाई २० थान मास्क र दुई मिलिलिटर सेनिटाइजर तथा प्रतिसञ्चारगृहलाई एक सय थान मास्क र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो । पत्रकार महासंघ गुल्मीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, प्रेस काउन्सिल, एकीकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले ती स्वास्थ्य सामग्री सहयोग गरेका थिए । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६