लुम्बिनी

छैन आइसोलेसन वार्ड, कोरोना संक्रमित अझै अलपत्रः कहाँ चुक्यो बाणगंगा



बरवा, १० जेठ । बाणगंगा नगरपालिकाले अझै कोरोना भाइरस कोभिड–१९ को उपचारका लागि आइसोलेसन वार्डको टुङ्गो लगाउन सकेको छैन । सरकारले लकडाउनले उपचारको तयारीको लागि प्रयाप्त समय पाइरहेको बताउँदै गर्दा कपिलवस्तुको बाणगंगा नगरले भने आइसोलेसन वार्ड कुन ठाउँ बनाउने भनेर रनभुल्लमा परेको छ भने जनप्रतिनिधि र कर्मचारीहरु कहाँ चुके मेसो पाउनै सकेका छैनन् ।

        शुक्रबार विहान बाणगंगा–४, ठाकुरापुरकी ८ वर्षिय बालिकालाई कोरोना भाइरस पुष्टि भयो तर पुष्टि भएको ४०–४५ घण्टा भन्दा धेरै समय वित्दा पनि उनी घरमै छिन् । सिद्धार्थ क्याम्पसको क्वारेन्टाइमा रहेका ३ जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन । त्यस्तै आज विहान कोरोना भाइरस पुष्टि भएकी एक महिला संचारकर्मीलाई समेत रातीको करिब १०ः०० बजेसम्म आइसोलेसन वार्डमा लगिएको छैन ।  त्यसो त बाणगंगा नगरकै एक जना वडा अध्यक्ष समेत कोरोना भाइरसबाट संक्रमित हुनु भएको छ । बाणगंगा ११ का एक जना सञ्चारकर्मीलाई भने शुक्रबार साँझ ९ः०० बजे तौलिहवाको आइसोलेशनमा लगिएको थियो ।

         अहिलेसम्म बाणगंगामा १४ जना कोरोना संक्रमित फेला परेको पुष्टि भएको छ । आज शनिबार ८ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । बाणगंगा नगरमै कोरोना संक्रमित ६ जना फेला परेपछि मात्र आइसोलेसन राख्ने ठाउँ खोज्न सुरु गरिएको थियो ।  यसले वाणगंगा नगरपलिकाको दुई महिने कोरोना पूर्वतयारीमा प्रश्न चिन्ह खडा गरेको छ । कपिलवस्तुकै समृद्ध शिक्षा, स्वास्थ्य र विकासमै अगाडि भनेर नगरको पगरी गुथ्न मन पराउने नगरमै किन यस्तो भद्रगोल भनेर नगरवासीले प्रश्न गर्न थालेका छन् । स्थानीयले नगर समृद्ध बनाउन कर्मचारी र जनप्रतिनिधिमा नयाँ भिजन नदेखिएकाले पनि समस्या आएको आरोप लगाएका छन् । 

        कतिपय मिडियामा रातारात बिरामीलाई पटना स्वास्थ्य चौकीमा सारियो भन्ने समाचार आएपछि प्रेसपाटीले पटना स्वास्थ्य चौकीका इन्चार्ज पर्शुराम थारुलाई सोध्दा थारुले पटना स्वास्थ्य चौकीमा आइसोलेनस वार्ड बनाउने भनेर कुरा आएको तर स्थानीयको विरोध गरेपछि त्यो सम्भव नभएको बताउनुभयो ।  आइसोलेसन वार्डका सम्बन्धमा बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारुले आइसोलेन वार्ड सिद्धार्थ क्याम्पसमा बनाउने भन्ने तयारी भएको बताउनुभयो । बाणगंगा नगर स्वास्थ्य प्रमुख ठग प्रसाद पौडेलले बाणगंगाका ३ जना कोरोना संक्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको क्वारेन्टाइनमै राखिएको बताउनुभयो । पौडेले ३ जनालाई छुट्टै आइसोलेसनमा राखिएको प्रतिक्रिया दिनुभयो । नगरकै स्वास्थ्य प्रमुखलाई आइसोलेसन भनेको कस्तो हुनुपर्छ भन्ने पूर्ण ज्ञान नहुनु हाँस्यास्पद हो । 

के हो ’आइसोलेसन वार्ड’ ? कस्तो हुनुपर्छ ?

        अरू बिरामीसँग नजिक राख्दा वा स्वस्थ व्यक्तिको सम्पर्कमा रहँदा भाइरस झन् फैलिन सक्ने भएकाले अलग–थलग उपचार गर्नुपर्ने ठाउँ हुनुपर्छ ।  कुनै रोग बिरामीलाई छोएर, नजिक बसेर वा एउटै कोठामा बस्दा पनि सर्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा बिरामीलाई निश्चित मापदण्ड पुगेको छुट्टै कोठामा राखेर उपचार गर्नुपर्छ । यही विधिलाई आइसोलेसन भनिन्छ ।

        यस्तो वार्डमा तालिमप्राप्त स्वस्थ्यकर्मी र बिरामीबाहेक अरूलाई प्रवेश निषेध हुन्छ । वार्ड्भित्रको वातावरण विशेष किसिमको पूर्वाधारबाट तयार पारिन्छ । ’यो खासगरी सरुवा रोगका लागि प्रयोगमा ल्याइने युनिट हो,’ अन्तर्रा्िष्ट्रय अभ्यासमा ‘बाहिरी मुलुकमा उक्त वार्डमा प्रयोग गरिएका मेडिकल सामग्री दोहोर्याएर प्रयोग गरिँदैन ।’  एउटै रोग लागेका बिरामी उस्तै चरणमा छन् भने एउटै आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकिन्छ । किनकि, भर्खरै रोग निको भइरहेको व्यक्तिलाई तत्काल संक्रमणको सम्भावना कम हुन्छ ।’

       नेपालजस्तो देशले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार पूर्वाधार तयार पार्न छैन । दिसा, पिसाब, थुक, खकारबाट सर्ने रोगका लागि फरक मापदण्डका पृथक वार्ड हुनुपर्छ । स्वासप्रश्वासबाट सर्ने रोगका लागि फरक तरिकाले तयार पारिन्छ ।

        बाणगंगा नगरले नगरवासीको स्वास्थ्यमा गम्भीर र सचेत रहँदै नगरले जतिसक्दो चाडो कोरोना भाइरसको उपचारको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको आइसोलेसन वार्ड बनाएर जनताको स्वास्थ्यमा सजग रहनु जनप्रतिनिधि र कर्मचारीको साझा दायित्व हो । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६