ब्रेकिंग न्युज

तत्काल २ आइशोलेशन : आजैवाट निर्माण शुरु



कपिलवस्तु ११ जेठ ।आइशोलेशन  वार्ड वनाउन नसकेको भनेर आलोचनामा परेको वाणगंगाले एकैसाथ २ स्थानवाट आइशोलुसन वनाउने काम शुुरु गरेको छ । जस अनुसार कोपवा स्वास्थ्य चौकीमा १५ वेडको आइशोलुसन आइतवार साझ सम्म तयार पार्ने गरी काम हुने उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । अर्काे तर्फ शिद्धार्थ क्याम्पसको सभाहलमा ३५ बेडको आइशोलुसन तयार पारिनेछ । मेयर मंगल प्रसाद थारुले शिद्धार्थ क्याम्पसमा भएको क्वारेण्टाइनलाई क्रमश वडामा केन्द्रित गरी सिंगो क्याम्पसलाइ नै आइशोलेसन वनाएर एक महिना भित्र एकिकृत गर्ने निर्णय भएको  वताउनु भएको छ । यता शुरुमा आइशोलुसन वनाउन नदिएको साना किसान कृषि सहकारी सस्था मोतिपुरले नव निर्मित सभाहल पनि उपलब्ध गराएको प्रदेश ५ सांसद बिष्णु पन्थीले वताउनु भएको छ ।

        त्यहा आइशोलेशन  वनाउने काम एक महिना भित्र हुन सक्ने स्थिती छैन । आवश्यक परे त्यसलाई पनि पछिल्लो चरणमा ५० बेड सम्मको बनाइने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । यता उद्योग बाणीज्यसंघका पदाधिकारी छवि रेश्मी मगरले जीतपुर ४ नम्वरमा रहेको १८ वटा एटएच टवाइलेट सहितको ६ तल्ले घर नै आइशोलुसनकालागि दिने वताउनु भएकोछ ।तर उक्त भवन निर्माणपुरा भएको छैन ।

    वाणगंगामा आइसोलुसन वनाउन ठिक्क परेका अवस्थामा पटना स्वास्थ्य चौकीमा अवरोध भएको पिपरा अस्पत्तालमा पनि अवरोध भएको र आईशोलुसन नवनेको समाचार वाहिर आएपछि रेश्मीले सुविधा युक्त होटल वनाउन तयार पारेको घर उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । यी सबै घटना क्रम हेर्दा नगरको बिपद ब्यवस्थापन समितिले गरेको निर्णयमा केहि फेरवदल भएपनि आइशोलुसन बन्ने काम भने अव अलपत्र पर्ने स्थितीमा नआउने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको भनाइछ । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६