ब्रेकिंग न्युज

३ दिनदेखि अलपत्र बालिका सहित सबै संक्रमित बुटवल पुगे , एम्वुलेन्स चालक बिरामी बोक्न सहमत



कपिलवस्तु ११ जेठ   । ३ दिनदेखि अलपत्र बालिका सहित ८ संक्रमितलाई एकैसाथ बुटवल पठाइएको छ । पिपरा अस्पत्तालको एम्बुलेन्सले उनीहरुलाई आज अपरान्ह बुटवल पुराएको छ ।यता बाणगंगामा रहेका ६ वटा एम्वुलेन्स मध्ये कोही पनि तयार नभएर कोरोना पोजेटिभ पत्रकारलाई शनिवार राती प्रहरीको गाडीले र जनप्रतिनिधी आफ्नै स्कुटरमा बुटवल गएको समाचार प्रेसपाटीमा आएपछि बाणगंगा कडा एक्सनमा उत्रिदा चालक संग सहमति भएको हो । 

    आफ्नै मातहतको पिपरा अस्पत्तालका एम्वुलेन्स चालकले सबै सुरक्षा प्रबन्ध मिलाउदा पनि विरामी बोक्न नमानेपछि बाणगंगाले २ विकल्प दिएको थियो । पहिलो विकल्प क्याविन सहितको एम्बुलेन्स चलाएर विरामी बोक्ने, दोश्रो विकल्प अर्काे चालक नगरले राख्ने स्वेच्छापूर्वक राजीनामा दिएर दरबन्दी खाली गर्ने ।

    यी दुई विकल्प मध्ये पहिलो विकल्प रोज्न चालक सहमत भएपछि केहि दिन देखि कोरोना पुष्टि भएर अलपत्र परेकी ८ बर्षकी वालिका सहित संक्रमित ८ जनालाई एकैसाथ बुटवल पठाइएको छ । यो संगै अव बाणगंगामा संक्रमण पुष्टि भएका कोहीहपनि अलपत्र अवस्थामा नभएको उपमेयर चक्रपाणी अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

यता उपमेयर अर्यालले उक्त एम्वुलेन्स कोरोना पोजेटिभका केशमा मात्र प्रयोग गर्ने मासिक  अतिरिक्त सुविधा कोरोना महामारी हुदा सम्म दिने गरी सहमतिमा ल्याएर काम गराइको वताउनु भयो । बाणगंगामा अहिले सम्म १४ जना संक्रमित भएका छन् । ती मध्ये अधिकांस बुटवलको कोरोना अस्पत्तालमा पुराइएका छन्  भने केहि तौलिहवा पठाइएका छन् । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६