लुम्बिनी

क्वारेन्टाइन भद्रगोल भएको भन्दै प्रदर्शन



बुटवल, ११ जेठ । गाउँपालिकाले बनाएको क्वारेन्टिनमा लापरवाही भएको भन्दै मर्चवारका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ बोगडी माविमा बनाएको क्वारेन्टिनमा भद्रगोल अवस्था रहेको र मापदण्ड पालना नगरिएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । 

            क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी क्वारेन्टाइनमै बस्नुपर्नेमा नबसी दिनहुँ घरबाट आउ–जाउ गरेका, क्वारेन्टाइनमा पकाएको खाना लिएर गाउँ जाने गरेका र क्वारेन्टाइनमा बसेकाहरु समेत साँझमा बाहिर निस्केर डुल्ने गरेको स्थानीयको आरोप छ । ७२ जना बसेको क्वारेन्टाइन व्यवस्थित नहुँदा समुदायमा कोरोना संक्रमण फैलिनसक्ने भन्दै हर्दी गाउँका सातवटा टोलका करिब चारसय जनाले नाराबाजी गरेका छन् । 

            क्वारेन्टाइन नजिकै करिब एक घण्टा नाराबाजी गरेका उनीहरु गाउँपालिका अध्यक्ष र प्रहरी आएपछि भने तितरबितर भएका थिए । उनीहरुले क्वारेन्टाइनका कर्मचारीलाई घर आउ जाउ गर्न नदिई क्वारेन्टाइनमै छुट्टै व्यवस्था गरेर राख्नुपर्ने, क्वारेन्टाइनबाट बाहिर फोहोर फाल्न रोक्नुपर्ने र क्वारेन्टाइनस्थलमा नियमित प्रहरी र स्वास्थ्यकर्मी खटाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६