लुम्बिनी

इद पर्वले प्रेम र विश्वास बढाउन अतुलनीय भूमिका निर्वाह गरेको छः मुख्यमन्त्री पोेखरेल



बुटवल, १२ जेठ ।  ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताउनुभएको छ । मुख्यमन्त्रीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा इद पर्वले समाजमा  प्रेम र विश्वास बढाउन अतुलनीय एवम् महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ ।   

            मुख्यमन्त्री पोखरेलले कोरोनाविरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दूरी कायम गर्दै दिनचर्या अघि बढाउन आवश्यक रहेको स्मरण गराउँदै इद पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन मुसलमान समुदायमा विशेष आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको बताउँदै संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । 

            उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजनासहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताउँदै  जोखिम न्यूनीकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ महत्वपुूर्ण हुनेमा जोड दिनुभयो । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६