अर्थ-वाणिज्य

क्वारेण्टाइन घुमेर सेवा गर्न नपाएकोमा क्षमामाग्दै संक्रमित जनप्रतिनिधीको अस्पत्तालवाट मर्मस्पर्सी पत्र



कपिलवस्तु १२ जेठ  बणगंगाका एक जनप्रतिनिधी यतिबेला बुटवल स्थित एन्फा एकेडमीले वनाएको कोरोना अस्पत्तालमा जिल्लाका ९ संक्रमितका साथमा छन् । तीनै  जनप्रतिनिधीले आइशोलेसन अस्पत्तालवाट एक  मर्मस्पर्सी पत्र लेखेका छन् । उनले पत्र मार्फत भनेका छन् — जनतालाई महामारीले सताएको यस्तो बेलामा म हरेक क्वारेण्टाइनमा घुमफिर गरेर सेवा गर्न चाहान्थे , सिमामा अलपत्र परेका नागरिकलाई पहिले जसरी गएर उद्धार गरेर क्वारेण्टाइनमा राख्न चाहान्थे , विपन्नका घरघरमा फेरी पनि राहत वाड्ने र उनीको पीडामा मलम लगाउन चाहान्थे तर त्यसका लागि केहिदिन असमर्थ भएकोमा क्षमा प्रार्थीछु  ।उनले लेखेको पत्र जस्ताको तस्तै ः

आदरणीय बाणगंगाबासीहरु ,

    मानव सेवामा निर्भीक भएर लाग्ने क्रममा अत्यन्तै सचेत रहदा रहदै केहि असावधानी हुन गई केहि दिनको लागि आराम गर्नुपर्ने र एकान्त बास बस्नुपर्ने परिस्थिति आएको छ। यो बेला आफू एकान्त बास बस्नुपरेको कुराले भन्दा ज्यादा आफ्नो उद्दार, ब्यबस्थापन र सेवामा भौतिक उपस्थिति जनाउन नपाउदा हुन गएको कमिको कुराले अलि पिरोलेको छ। हुन त म केहि दिन उपस्थित नहुने कुरा त्यति ठुलो होइन तथापि आफ्नै प्रत्यक्ष सहभागिता र अगुवाइमा हुदैगरेका सेवाका काम हरुमा सम्वन्धित महानुभावहरुमा असर पुग्छ कि भन्ने पिरलो मात्र हो।

          म भन्दा ज्यादा सकृय भएर मेरा सहकर्मी र अग्रज महानुभावहरु लाग्नुभएकै छ। भौतिक रुपमा सङ्गै हुन नपाए पनि भावनाले म सबै सेवारत महान आत्महरुसङ्गै छु। केहि दिनमै पुनः सकृय उपस्थितिका साथ सेवामा लाग्नेछु। बरु मेरो असावधानिको कारण केही असहजता भएको र सेवामा कमि हुन गएकोमा दुख ब्यक्त गर्न चाहन्छु। म ब्याक्तिगत रुपमा अत्यन्तै उत्साहित र उच्च मनोबलका साथ बसिरहेको छु। सकेसम्म एकदिन पनि ढिलो नभई पुनः सकृय सेवामा फर्कने स्थिति बनोस् भन्ने कुरा नै कल्पना गरिरहेको छु।

        माया, सद्भाव, सहानुभूति, सहयोग र सुभेक्षा ब्यक्त गर्ने सबै मित्रजन, आफन्तहरु, सहयोगी, इष्टमित्र, सहकर्मीहरु, अग्रजहरु, शुभचिन्तकहरु तथा निरन्तर सहयात्रामा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी, जनप्रतिनिधि र अन्य सम्पुर्ण सहयात्रीहरुमा सम्मान जनतालाई महामारीले सताएको यस्तो बेलामा म हरेक क्वारेण्टाइनमा घुमफिर गरेर सेवा गर्न चाहान्थे , सिमामा अलपत्र परेका नागरिकलाई पहिले जसरी गएर उद्धार गरेर क्वारेण्टाइनमा राख्न चाहान्थे , विपन्नका घरघरमा फेरी पनि राहत वाड्ने र उनीहरुको पीडामा मलम लगाउन चाहान्थे तर त्यसका लागि केहिदिन असमर्थ भएकोमा क्षमा प्रार्थीछु । सहित सलाम ब्यक्त गर्दछु। कोहि कसैलाई त्रसित नहुन र भ्रमित नहुन अनुरोध गर्दै अदम्य मनोबलका साथ सुरक्षित रहि सेवामा लाग्न सबैमा अनुरोध गर्दछु।

    अन्त्यमा मेरो अनुपस्थितिमा मबाट हुने गरेका सबै सेवाका कामहरुमा सधै जस्तै जिम्मेवारी बोध भएर जिम्मेवारी सम्हालि सक्नुभएका मेरा सहकर्मी जनप्रतिनिधि, टोलबिकास संस्थाहरु तथा राजनीतिक सामाजिक संस्था तथा ब्याक्तित्वहरुमा धन्यवाद सहित छिटै भौतिक सहभागीता सहितको सहकार्य हुने कुरा उत्साहका साथमा अनुरोध गर्दछु। 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६