लुम्बिनी

बाँकेमा १४६ कोरोना संक्रमित, स्वास्थ्य सेवा सुधार गरिने



बाँके, १३ जेठ ।  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित बनाउने र स्वास्थ्य सेवामा सुधार गर्ने बताउनुभएको छ । संवाद समूहले सोमबार गरेको भर्चुअल बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । तीनै तहका सरकारबीच पर्याप्त समन्वय र सहकार्य नभइरहेको गुनासो आइरहेका बेला संवाद समूहको  संयोजनमा स्थानीय सरकार, स्थानीय प्रशासन, जनप्रतिनिधि र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरी अनलाइन संवाद बैठकको समन्वय गरिएको समूहका संयोजक शुक्रऋषि चौलागाईँले बताउनुभयो ।

        मन्त्री बरालले कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुनुसक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पार्नुभयो । छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायत क्षेत्रमा देखिएको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै तहका सकारकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले आइसोलेसनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यता तत्काल पूरा गर्नुपर्ने माग राख्नुभयो । 

        छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिनुभएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट सङ्क्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।  (रासस)

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६