अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५५ लाख ८७ हजार संक्रमित, ३ लाख ४७ हजारको ज्यान गयो



एजेन्सी, १३ जेठ । विश्वव्यापी महामारीको फैलिएको कोरोना भाइरस कहरबाट  विश्वभर ५५ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । मंगलबार विहानसम्म संक्रमितको संख्या ५५ लाख ८७ हजार ५२६ पुगेको छ । कोरोना भाइरसले विश्वभर ३ लाख ४७ हजार ८७२ जनाको मृत्यु भएको छ ।

             कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ६६३ जना निको भएका छन् ।  २८ लाख ७३ हजार ९९१ जनाको उपचार भइरहेको छ । अस्पतालमा उपचारारतमध्ये ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था गम्भीर छ  । 

             कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । मंगलबार विहानसम्म एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।

        कोरोना भाइरस महामारीको सबैभन्दा बढी प्रभाव परेको अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । अमेरिकामा कोरोना भाइरसका कारण करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६