लुम्बिनी

लकडाउनको कहरः ५ सय भन्दा बढी महिला तथा बालिका हिंसाबाट पीडित



बुटवल, १३ जेठ । विश्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सुरु भएको लकडाउनको ५४ दिनसम्म आइपुग्दा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकले देशका ७७ वटै जिल्लामा लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।

            अभिलेख सार्वजनिक गर्दे लकडाउनको यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेख गरेको जनाएको छ । त्यसैगरी सो अवधिमा घरेलु हिंसाका घटनाबाट २ सय ३९ जना पीडित भएको इन्सेकले जनाएको छ ।

        यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा अभिलेख छ । यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भएको प्रतिवेदनमा भनिएको छ– लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६