लुम्बिनी

दाङमा १४ कोरोनामैत्री एम्बुलेन्स



तुलसीपुर १३ जेष्ठ । दाङमा १४  कोरोनामैत्री एम्बुलेन्सबाट सेवा प्रदान गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना संक्रमित ओसारपसार, आशंकित बिरामी, क्वारेन्टिन प्रयोगका लागी एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर क्षेत्रमा चार तथा घोराही र लमही क्षेत्रमा पाँचपाँच  एम्बुलेन्सलाई कोरोनामैत्री बनाइएको छ । तुलसीपुर क्षेत्रका पवननगर, फूलबारी, विजौरी स्वास्थ्यचौकी र तुलसी अस्पतालमा एम्बुलेन्स छन् । 

         त्यस्तै घोराही क्षेत्रमा नारायणपुर स्वास्थ्यचौकी, मितेरी हस्पिटल प्रालि, दाङदेउखुरी समाज, लायन्स क्लब अफ राप्ती अम्बिकेश्वरी र रोल्पाली सेवा समाजको एम्बुलेन्सलाई प्रयोग गरिएको छ ।यसैगरी लमही क्षेत्रमा लमही अस्पताल, देउखुरी उद्योग वाणिज्य संघ तथा सिसहनिया, गढवा  र राजपुर स्वास्थ्यचौकीको एम्बुलेन्सलाई प्रयोगमा ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, “अहिले १४ वटा कोरोनामैत्री एम्बुलेन्सबाट काम चलाइरहेका छौंँ, आवश्यक परेमा थप एम्बुलेन्सलाई पनि कोरोनामैत्री बनाएर प्रयोग गर्ने छौँ ।”   अहिले जिल्लामाा दशै स्थानीय तहमा एम्बुलेन्स प्रयोग गर्ने गरिएको चन्दको भनाइ छ  । जिल्लामा ७१ एम्बुलेन्स सञ्चालित छन्  ।

आइसोलेशनको तयारी 

        शान्तिनगर गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले गाउँपालिकाले आइसोलेशन  स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर क्वारेन्टिन सञ्चालनमा ल्याएको छ । तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० शय्याको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रबन्धक जीवन भण्डारीका अनुसार हस्पिटलले तुलसीपुर ६  मोतीपुरमा सञ्चालित कलेजको भवन क्वारेन्टिन सञ्चालनका लागि उपमहानगरपालिकालाई उपलब्ध गराएको हो । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६