अर्थ-वाणिज्य

हट स्पटमा हट एक्सन : २ दिनमा २ आईशोलेशन र १५ क्वारेण्टाइन स्थापना



कपिलवस्तु १३ जेठ ।कोरोना संक्रमणको हटस्पट कपिलवस्तुको बाणगंगाले हट एक्सन संचालन गरेकोछ । जसका कारण नगरपालिकाले एकैसाथ १४ वटा क्वारेण्टाइन संचालनमा ल्याएकोछ । बुद्ध आवाज संचार गृहले आफ्नै भवनमा राखेको क्वारेण्टाइनसंगै बाणगंगमा १५ क्वारेण्टाइन पुगेका हुन् । पछिल्ला २ दिनमा १५ क्वारेण्टाइन थपिएका हुन् । यस अघि सिद्धार्थ कयाम्पसमा एउटा मात्रै कवारेण्टाइन नगरले संचालन गरेको थिये । भारतवाट आउने क्रम एकाएक वढेपछि क्वारेण्टाइन थपिएका हुन् ।

        त्यतिमात्र होइन कोरोना संक्रमणका विभिन्न केशहरुको कन्ट्रयाक ट्रेसिङवाट क्वारेण्टाइन जान चाहाने थपिदै जाँदो  संख्या बढेको हो। यसैक्रममा ११ वटा वडामा ११ वटा क्वारेण्टाइन वनाउने नगरको नीति रहेपनि ३ वटा वडाले २÷२ वटा क्वारेण्टाइन वनाएको नगर प्रवक्ता विष्णु पौडेलको भनाइछ । यता  कपिलवस्तुको बाणगंगा नगरपालिकामा केहि  समय सम्म आइशोलेशन बन्न नसकेकोमा यतिबेला २ वटा आइशोलेशन बनेका छन् । ती आइशोलेशनमा  एकजना पनि विरामी छैनन् । 

        बाणगंगाका उपमेयर चक्रपाणी अर्यालका अनुसार शिद्धार्थ क्याम्पसमा सोमवार साझ ३५ बेडको आइशोलेशन तयार भएको छ । कोपवाको स्वास्थ्य चौकी र कृषि शाखामा १५ बेडको आइशोलेशन मंगलवार साझ सम्म सबै हिसावले विरामी राख्न सक्ने गरी तयार हुदैछ । उपमेयर अर्यालले प्रेसपाटीसंग भन्नु भयो आइशोलेशन हेर्ने चिकित्सकले सिसी टिभी जडान हुनुपर्छ भन्नु भएको छ ।उहाले भन्नु भयो  सिसी टिभी जडान गर्दा विरामी र चिकित्सक दुबैकालागि सहज हुन्छ भने जोड्न तयार छौं। कोरोना विपदमा यतिधेरै खर्च भयो भने २ ÷३ वटा आइशोलेनका लागि चाहिने सिसी टिभी जोड्न किन डराउने ? भन्दै एक दुई दिनमै यो काम सम्पन्न हुने उहाले प्रष्टयाउनु भयो । 

     अहिले सम्म कपिलवस्तुमा कुनैपनि पालिकाले बनाएका आइशोलेशनमा सिसी टिभी जडान गरिएको छैन । बुटवलको कोरोना अस्पत्तालमा सीसि टिभी जडान गरिएको छ । अन्य ठाउमा कहा छ छैन एकिन विवरण छैन । तर बाणगंगाको आइशोलेशनमा भने सिसी टिभी जडान हुने भएको छ । यसवाट बाणगंगाले कपिलवस्तुकै लागि नयाँ उदाहरण प्रस्तुत गर्न खोजेको छ । सीसी क्यामरा जडान भएमा चिकित्सकहरुले इन्टरनेटका माध्यमले विरामीको अवस्था २४ औं घण्टा जुनसुकै ठाउमा रहेपनि बुझन पाउछन् । कुनै विरामी छटपटाए र केहि भन्न खोजे भने चिकित्सकले तत्काल आवश्यक ब्यवस्था मिलाउन सक्छन् ।यसवाट त्यो आइशोलेशन हेर्ने चिकित्सकको काम धेरै सहज हुन्छ । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६