लुम्बिनी

भारतबाट आउनेहरुकै कारण ५ नं. प्रदेशमा कोरोनाको जोखिम बढ्यो : मुख्यमन्त्री



रुपन्देही, १३ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतवाट आएकाहरुकै कारण प्रदेशमा कोरोना संक्रमित बढेको बताउनु भएको छ । मंगलवार प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल गर्दै मुख्यमन्त्री पोखरेलले भारतले रेल सेवा सुरु गरेपछि नेपाल आउनेहरुको संख्या बढेको र त्यसका कारण प्रदेशमा जोखिम बढेको बताउनुभयो । उहाँले प्रदेशमा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको बताउदै उहाँले भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको स्पष्ट पार्नुभयो ।

            प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको उहाँले बताउनु भयो । उहाँले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी गराउनुभयो । उहाँले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेसन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनु भयो ।

            त्यसैगरी प्रदेश सभाले प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा प्रदेश सभाले धन्यवाद प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्ता लगाउन प्रदेशमा फिरिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनुभयो । उहाँले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको समेत बताउनु भयो । उहाँले नेपालका वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या क्वारेन्टाईनामा राखेको बताउदै सिँगो नेपालमा रहेको क्वारेन्टाईनकको क्षमतामा प्रदेश ५ अव्वल रहेको दावी गर्नुभयो । 

            प्रदेश ५मा क्वारेन्टाईनमा रहेको व्यक्तिको मुत्यु र क्वारेन्टाईनमा रहेकाहरु भागिरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले प्रदेशमा उत्कृष्ट व्यस्थापन रहेको दावी समेत गर्नुभयो । मंगलवार प्रदेश सभामै उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नु भएको थियो । विद्येयक माथि छलफल गदै प्रदेश सदस्य सन्तोष पाण्डेले अर्थ विधेयक भनिए पनि यसलाई नियमित वजेटवाट व्यवस्था गर्न माग गर्नुभयो । प्रदेश सभा सदस्य रमा अर्यालले विधेयक समसामयिक र महत्वपूर्ण रहेको तर ढिला आएको तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।

            अर्का प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले विधेयक राम्रो रहेको धारणा राख्नु भएको थियो ।सभामा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने पारिश्रमिक सम्बन्धी तथा लोक सेवा आयोगका पदाधीकारीकोे पारिश्रमिक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । अर्को बैठक बुधवार ११ वजे वस्ने भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६