अन्तर्राष्ट्रिय

एसएसएलसी परीक्षा केरलामा सुरु



केरला, १३ जेठ  । भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ ।त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ ९भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन० तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ ।

            भारतमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन्छन् । यसका कारण गएको दुई महिना भन्दा लामो समयदेखि त्यहाँ देशभरि नै लकडाउन गरिएको छ । हाल पनि यहाँ लकडाउन कायमै रहेको छ । तर पनि यो संक्रमणबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरेर परीक्षा सुरु गरिएको बताइएको छ ।

        केरला राज्यका सबै विद्यालयहरुका विद्यार्थीहरु आज सो परीक्षामा  सहभागी भएका बताइएको छ । कोरोना भाइरसको महामारीबाट बाँच्ने विभिन्न विधिहरु अपनाएर सो परीक्षा सुरु गरिएको बताइएको छ । बताइएअनुसार यहाँका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा दिन लगाइएको छ ।उनीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि पनि स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको सामान्य तापक्रम जाँच गरेर परीक्षा केन्द्रमा प्रवेश दिइएको बताइएको छ । त्यस्तै यहाँको सिनियर सेकेन्डरी परीक्षाहरु पनि मे २७ बाट सुरु गरिने कार्यक्रम रहेको जनाइएको छ । (रासस÷एएनआई) 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६