अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५६ लाख ७८ हजार भन्दा धेरै संक्रमित, ३ लाख ५१ हजार बढीको मृत्यु



एजेन्सी, १४ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । बुधबार विहानसम्म २४ घण्टामा ९४ हजार २३५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २८२ पुगेको छ । बुधबार विहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६४२ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ । 

            कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४४९ जना निको भएका छन् । २९ लाख २२६ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

            वुधबार बिहानसम्म युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६ सय बढीको ज्यान गइसकेको छ । यस्तै एसियाली मुलुकहरुमा २८ हजार २ सय बढीको  । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

            कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४९ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४११ जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । विश्मै सबैभन्दा बढी कोरोना भाइरसको कारण अमेरिका चपेटामा पर्दै गएको छ । 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६