लुम्बिनी

हत्याको आशंका गाडेको शव प्रहरीले निकाल्यो



परासी, १४ जेठ  । हत्या भएको आशंकामा प्रहरीले एक किशोरीको शव गाडेको ठाउँबाट निकालेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो । 

            स्थानीयहरुले हत्या गरेर किशोरीलाई गाडेको हुन सक्ने बताएपछि प्रहरीले शवलाई निकालेको हो । शवको प्रकृति हेर्दा शंकास्पद देखिएकाले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा अनुसन्धान गर्न मृतकका बाबु लक्ष्मण, आमा, दाजु र शव गाड्न पुगेका अर्का छिमेकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताउनु भयो । मृतकको टाउकोमा चोट देखिएकाले घटना शंकास्पद देखिएको थापाले बताउनु भयो । प्रहरीका अनुसार मृतक किशोरीको अर्का दाजु जीतेन्द्रसँग आइतबार झगडा भएको थियो । 

            झगडा हुने दाजु फरार रहेकाले उनैले टाउकोमा प्रहार गरेको हुन सक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार घरमा अकस्मात लडेकी किशोरीले बान्ता गर्न थालेकी थिइन् । त्यसक्रममा घर परिवारले विष सेवन गरेको भन्दै साबुन पानी खुवाउन लगाएर बान्ता गराउदै स्वास्थ्य संस्थामा लैजान लागेका थिए । 

            उनको बाटोमै मृत्यु भएपछि घर परिवारले नजिकै रहेको नारायणी नदी किनारमा आइतबार राती शव गाडेका थिए । मृतक किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६