लुम्बिनी

नौ दिनमै म ठीक भएँ उच्च मनोबल बनाए कोरोना सजिलै जित्न सकिन्छ



लमही,१४ जेठ ।  काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण हुनुभएका  तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किनुभएको छ । काठमाडाँैबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किनुभएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गर्नुभयो । ‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भन्नुभयो । उहाँले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उहाँलाई आग्रह गर्नुभयो ।  

            नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गर्नुभएको थियो । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बस्नुभएका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो । स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुु¥याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उहाँले आफ्नो अनुभव बताउनुभयो ।

        यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाउनुभएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताउनुभयो । ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उहाँले भन्नुभयो ।  (रासस)

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६