काठमाडौं, १५ जेठ । नेपाल सरकारले आज आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ः०० बजे राजश्व र आयको विवरण प्रस्तुत गर्नुहुनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएको छ । नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने तयारी भएको सरकारले जनाएको छ । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया