ब्रेकिंग न्युज

छिटटै बिजय हासिल गरेर लयमा फर्कने छौं : मुख्यमन्त्री



कपिलवस्तु १५ जेठ तेह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै  मुख्यमन्त्री शंकर पोख्रेलले भन्नु भएकोछ—कोभिड—१९ को महामारीले नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, महामारीबाट नागरिकलाई जोगाउन सरकारले बेलैमा गरेको लकडाउनकै कारण परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । सरकारले बेलैमा लकडाउन गरेको र लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म हामीले नियन्त्रणमा राख्न सकेका छौं ।

            कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिन्छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ ।कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, मुलुक लयमा फर्किनेछ, हामी लयमा फर्किनेछौं ।मुख्यमन्त्रीको शुभकामन सन्देश यस्तो छ :

प्रदेश ५ वासी सम्पूर्ण महानुभावहरु 

आजको दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन । ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । म यस अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

        शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ । गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ । नेपाली नागरिक वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

        नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्छ । ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जानेछ । हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका छौं । बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको छ ।

        विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने कुरा नै हाम्रो लक्ष्य हो । केन्द्रीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेश सरकारका तर्फवाट उक्त लक्ष्य हासिल गर्ने कुरामा सार्थक योगदान दिन प्रतिबद्ध छौ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । म गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

        यतिबेला हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।

        प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । त्यसैगरी जिल्ला—जिल्लामा आइसोलेसन केन्द्र बनाएर सञ्चालन गरिएको छ, कतिपय जिल्लामा आइसोलेन बनाईदैछ । पालिकाहरुमा आवश्यकता अनुसार क्वारेन्टाइन स्थापना गरिएका छन् । तीनवटा प्रयोगशाला सञ्चालन छन्, प्रयोगशालाको परिक्षण क्षमता विस्तार गरिदैछ । कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढ्नका लागि प्रदेश सरकारले पालिका र सुरक्षा निकायलाई बजेट पठाइसकेको छ ।

        कोभिड—१९ को महामारीले नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, महामारीबाट नागरिकलाई जोगाउन सरकारले बेलैमा गरेको लकडाउनकै कारण परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । सरकारले बेलैमा लकडाउन गरेको र लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म हामीले नियन्त्रणमा राख्न सकेका छौं । कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिन्छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ ।

        कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, मुलुक लयमा फर्किनेछ, हामी लयमा फर्किनेछौं ।अन्त्यमा,गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

                                                                                                            शंकर पोखरेल मुख्यमन्त्री

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६