अर्थ-वाणिज्य

बजेटमा प्रदेश ५ ,नेपाल कै इतिहासमा पहिलो पटक आयो यस्तो बजेट



कपिलवस्तु १५ जेठ । अर्थमन्त्री यूवराज खतिवडाद्वार प्रस्तुत  संघीय सरकारको आर्थिक वर्ष ०७७/०७८ को बजेटमा तिलैराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अवश्यक वजेटको ब्यवस्था भएको छ । यस प्रकारको बजेट नेपालकै इतिहासमा पहिलो पटक विनियोजन भएको हो ।भारतले नक्कली कपिलवस्तु वनाएर पिपरहवालई नै तिलौरकोट भन्दै गरेको बखत यो कार्यक्रमले नेपाललाई विश्व सामु तिलौराकोटका माध्यमले औपचारीक चिनाउन सघाउने छ । यस्तै  अर्थमन्त्री डा खतिवडाले स्वास्थ्य, रोजागरी र कृषिमा जोड दिइएको बजेट संसदमा प्रस्तुत गर्नु भएको छ ।

        बजेटमा प्रदेश ५ का केही नयाँ र अधिकांश पुरानै योजनाहरु समावेश भएका छन् । प्रदेश राजधानीमा २५० आइसीयु बेडसहितको अस्पताल बनाउने गरी बजेट बिनियोजन भएको छ ।  प्रदेश राजधानीमै ५० बेडका महामारी अस्पताल बनाउन बजेट बिनियोजन गरिएको छ । सबै प्रदेश राजधानीमा उच्चस्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गरिने अर्थमन्त्रीले डा खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । वृहत दाङ सिचाईं, भेरी बबई, रानीजमरा बर्दिया सिचाईं आयोजनालाई अघि बढाउने योजना छ । राप्तीमा जनताको तटबन्ध कार्यक्रम निरन्तरता दिइएको छ ।  नवलपरासीको धौवादीको फलामखानीमा जाने सडक निर्माण गरिने भएको छ ।

        त्यस्तै नेपालगञ्ज र भैरहवाको सीमा क्षेत्रमा एकीकृत जाच चौकी निर्माण गरिने भएको छ । बुटवल मेडिकल कलेजको पूर्वाधार विकासका लागि बजेट छुट्याइएको छ । यो योजना चालु आर्थिक वर्षदेखि शुरु भएको हो । बृह्त्तर लुम्बिनी गुरुयोजना, रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याइने भएको छ । यी दुवै गुरुयोजना हालै बनाइएको हो । लुम्बिनीको ५ हजार क्षमताको ध्यान सभाहल निर्माण पूरा गर्न बजेट बिनियोजन भएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचिमा समावेश गर्ने प्रक्रिया अघि बढाइने अर्थमन्त्री खतिवडाले बजेट मार्फत घोषणा गर्नु भएको छ ।  नौमुरे जलबिधुतको लगानी ढाचा निर्माण गरी प्रक्रिया अगाडी बढाइने छ । बुटवल —गोरखपुर प्रशारण लाइन निर्माण गर्न बजेट बिनियोजन भएको छ ।  रुकुम पूर्वको सदरमुकाम पूर्वाधार निर्माणका लागि रकम बिनियोजन गरिएको खतिवडाले जानकारी गराउनु भयो । बर्दिया, दाङमा बाढी पहिरोमा घरबार गुमाएकालाई सुरक्षित आवास कार्यक्रमलाई बजेट छुट्याइएको छ। बुटवलको अन्तरष्ट्रिय  सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको निर्माणलाई निरन्तरता दिइएको छ । 

घोराही —मुसिकोट, पोखरा—रिडी सडक निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गसहितका तीन सडकलाई स्तरोन्नती गर्न ५ अर्ब बिनियोजन भएको छ । बुटवल —कोहलपुरसहितका क्षेत्रमा विद्युतीय रेलमार्ग निर्माण र अध्ययनका लागि आठ अर्ब बढी रकम बिनियोजन गरिएको खतिवडाले सदनलाई सुनाउनु भयो ।गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र टर्मिनल भवन निर्माणमा बजेट राखिएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माण र दाङको नारायणपुर बिमानस्थल स्तरोन्नतीमा बजेट छुटयाइएको छ । बाँकेमा निर्माणाधिन कारागार आगामी वर्ष सकिने भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६