लुम्बिनी

कपिलवस्तुमा नीजि अस्पताल र होटलमा आइशोलेशन



कपिलवस्तु १५ जेठ ।  जिल्लामा कोरोना संक्रमितको संख्या बढे पछि निजी अस्पताल र होटल समेत आईसोलेशन सेन्टरका लागि उपलव्ध गराईएको छ । पुर्व क्रिकेटर, समाजसेबीले आफनो निजी अस्पताल तथा एक होटल ब्यवसायीले आफनो रेस्टुरेन्ट नै आईसोलेशन सेन्टर बनाउन दिनु भएको हो । तिनै जनाले निःशूल्क रुपमा सेन्टरका लागि उपलव्ध गराउनु भएको हो ।  जिल्लामा १ सय ९ जना संक्रमित पुगीसकेका छन् ।  बिरामीहरुलाई राख्न समस्या भएपछि आईसोलेन सेन्टरकालागि आफै अग्रसर भएर दिईएको हो । मायोदबी गाउपालिकाका अन्तर्राष्ट्रिय स्तरका पुर्व क्रिकेटर फैजल खाले पकडीमा रहेको आफै फैजा अस्पताल आईसोलने सेन्टर बनाउन उपलव्ध गराउनु भएको छ । 

        यस्तै सुद्धोदन गाउपालिकाका अजिजुर रहमानले लबनीमा सञ्चालनमा रहेको १५ शैया क्षमताको अलशेख हस्पिटल आईशोलेशनका लागि दिनु भएको हो । उता होटल ब्यवसायी दिनेश रायमाझीले तौलिहवा स्थित तिलौराकोट क्याफे एन्ड रेस्टुरेन्टलाई आईसोलेनका लागि दिनु भएको हो । पकडीमा रहेको फैजा अस्पतालमा १७ बेडको, लवनी अस्पतालमा १५ र तिलौराकोट क्याफेमा १० बेडको आईसोलेसन सेन्टर संचालनमा आएको प्रशासन कार्यालयले जनाएको छ । उहाँहरुले उदाहरणीय कार्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले वताउनु भयो । करिब २ कठ्ठा बढि जग्गाको क्षेत्रफलमा निर्मित दुई तत्ले २२ कोठे भवन रहेको फैजा अस्पताल लकडाउनका कारण संचालन हुन पाएको थिएन । अस्पतालमा आधारभुत पुर्वाधार पुरा गरि हाल सम्म खाँले १ आईसियु सहित १७ बेड व्यवस्थापन गर्नु भएको छ । 

        मानविय नाताले माहामारीको संक्रमण व्यवस्थापन नभए सम्मका लागी निशुल्क रुपमा आईशोलेशन सेन्टर सञ्चालन गर्न दिएको क्रिकेटका पुर्व अन्तरराष्ट्रिय खेलाडी खाँले वताउनु भयो । अस्पतालमा ५० बेडको बेड संचालन गरिने गाउपालिका प्रमुख बजरंगी प्रसाद कुर्मीले वताउनु भयो । हाल त्यहाँ मायादेवी गाँउपालिकाका ७ जना कोरोना संक्रमितलाई राखिएको छ । होटल ब्यवासयी रायमाझीले महामारीको बिपत्तीको बेला आफुले सामाजिक उत्तरदायित्तव बोध गरी ५० लाख बढी लागानी गरेको रेस्टुरेन्ट सेन्टर निर्माणकालागि दिएको वताउनु भयो । तिलौराकोट ईन्टरनेशन होटल समेत दिन आफु तयार रहेको उहाँको भनाई छ ।  तिलौराकोट क्याफे सेन्टरमा ४ सुरक्षाकर्मी र एक कर्मचारी गरी ५ जना रहेको वताईएको छ ।  

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६