अन्तर्राष्ट्रिय

विश्वमा कोरोना संक्रमणको दरले भारत ९ औं स्थानमा



एजेन्सी, जेठ १६ । विश्वमा कोरोना संक्रमणको दरले भारत ९ औं स्थानमा पुगेको छ । योसँगै एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतले संक्रमणमा एसियाली मुलुक टर्कीलाई पनि उछिनेको छ ।

            भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।यस्तै भारतमा कोरोना भाइरसकै कारण एकै दिन १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ । त्यस्तै भारतमा ७० हजार ९ सय २० जना कोरोना भाइरस मुक्त भएका छन् । 

            कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।  विश्वमा नवौं स्थानमा रहेको टर्की अहिले संक्रमणको दरले १० स्थानमा परेका छ । टर्कीमा टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार ९७९ छ । टर्कीमा ४ हजार ४६१ जना को कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६