अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५९ लाख बढी संक्रमित, ३ लाख ६२ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, १६ जेठ । विश्व भर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कहरका कारण विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेछ ।  भाइरसकै कारण थप ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ ।

            कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा कोरोना भाइरस पुगिसकेको छ । २९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहको छ । भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ । १९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

            यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारी सबैभन्दा बढी अमेरिकामा फैलिएको छ ।  कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसका कारण विश्वको स्वास्थ्य अवस्था र अर्थतन्त्र डगमगाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६