अर्थ-वाणिज्य

कपिलवस्तुमा संघीय सरकारको चार अर्ब बजेट



भुपाल थापा, जेष्ठ १६ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागी कपिलवस्तुमा चार अर्ब बजेट बिनियोजित गरेको छ । जिल्लाका १० स्थानीय तहका लागि चार अर्ब २७ करोड ३२ लाख विनियोजन गरेको हो । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ५५ करोड ८० लाख र सःशर्त अनुदानतर्फ दुई अर्ब ६६ करोड ६२ लाख विनियोजन गरेको हो ।

संघीय सरकारले कपिलवस्तुका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट बाणगङ्गा नगरपालिकालाई विनियोजन गरेको छ । नगरपालिकाले ६२ करोड ७६ लाख संघीय सरकारबाट पाउने छ । जसमध्ये वित्तीय समानीकरणतर्फ १८ करोड ९१ लाख र सःशर्त अनुदानतर्फ ४१ करोड ६५ लाख रहेको छ । बाणगङ्गा नगरपालिकाले जिल्लामै धेरै विशेष अनुदान समेत प्राप्त गरेको छ, जस्मा १ करोड ८० लाख बजेट विशेष अनुदान प्राप्त गरेको हो । यस्तै बुद्द्भुमी नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ५१ करोड ७४ लाख बजेट विनियोजन गरेको छ । बुद्दभुमिले वित्तीय समानीकरणतर्फ १७ करोड ९ लाख र सःशर्त अनुदानतर्फ ३४ करोड ६५ लाख प्राप्त गर्नेछ । गाउँपालिकामध्ये मायादेवी गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । मायादेवी गाउँपालिकाले आगामी आवमा ३५ करोड ४६ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १४ करोड पाँच लाख र सःशर्त अनुदानतर्फ २१ करोड ४१ लाख छ ।

यस्तै अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत कपिलवस्तु नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ५१ करोड १३ लाख बजेट विनियोजन गरेको छ । कपिलवस्तुले वित्तीय समानीकरणतर्फ १९ करोड ७ लाख र सःशर्त अनुदानतर्फ ३२ करोड ६ लाख प्राप्त गर्नेछ । यस्तै कृष्णनगर नगरपालिकाका लागि सरकारले ४३ करोड ३४ लाख बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरणतर्फ १६ करोड ७९ लाख र सःशर्त अनुदानतर्फ २५ करोड २१ लाख प्राप्त गर्नेछ । 

महाराजगन्ज नगरपालिकाका लागि ४२ करोड ७३ लाख बजेट विनियोजन गरेको छ । यस्ले वित्तीय समानीकरणतर्फ १५ करोड १४ लाख र सःशर्त अनुदानतर्फ २७ करोड १९ लाख प्राप्त गर्नेछ । शिवराज नगरपालिकामा ४९ करोड ६२ लाख बजेट विनियोजन गरेको छ । शिवराजले वित्तीय समानीकरणतर्फ १७ करोड १४ लाख र सःशर्त अनुदानतर्फ ३२ करोड ४६ लाख प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै यशोधरा गाउँपालिकाका लागि सरकारले आगामी आवका लागि ३० करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।  वित्तीय समानीकरणतर्फ १२ करोड ३८ लाख र सःशर्त अनुदानतर्फ १७ करोड ११ लाख प्राप्त गर्दैछ । बिजयनगर गाउँपालिकाले पनि ३० करोड ७१ लाख बजेट प्राप्त गरेको छ, जस्मा बित्तीय समानीकरण तर्फ ११ करोड ८९ लाख र सशर्त अनुदान तर्फ १८ करोड ८२ लाख बिनियोजित गरेको छ ।  शुद्दोधन गाउपालिकाका लागि सरकारले आगामी आवका लागि २९ करोड ३८ लाख बजेट विनियोजन गरेको छ । शुद्दोधनले वित्तीय समानीकरणतर्फ १३ करोड ३२ लाख र सःशर्त अनुदानतर्फ १६ करोड ६ लाख प्राप्त गर्नेछ । सरकारले कपिलवस्तुका तीन पालिकामा मात्र विशेष अनुदान प्रदान गर्ने भएको छ, जस्मा बाणगङ्गा नगरपालिकाले एक करोड ८० लाख, कृष्णनगर नगरपालिकाले ७० लाख र बिजयनगर गाउँपालिकाले ९६ लाख बजेट विशेष अनुदानका रुपमा प्राप्त गरेका छन ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६