लुम्बिनी

कपिलवस्तुमा सात महिने बालकमा कोरोना संक्रमण



जीतपुर,१६जेठ ।  कपिलवस्तु जिल्लामा शुत्रवार ५२ जना नयाँ संक्रमित थपिका छन् । संक्रमित ४ पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिनु भएको छ । थपिएका ५२ जना मध्ये ३६ यशोधरा गाउँपालिकाका हुन ।संक्रमित मध्ये एक सात महिने  बालक रहेको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी वडा नम्बर ५ को अनिरुथ मा.विको क्वारेन्टिनमा बसेका थिए । त्यस्तै अन्य २२ जना वडा ६ को बासुदेव जनता मा.वि , वडा नम्बर ३ को बसन्त पुर तिर्थ धार्मिक मा.विमा ४ जना ,वडा नम्बर ७ मा ७ जना जो जनता माविको क्वारेन्टिनमा बसेको गाँउपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुबेले जानकारी दिनु भयो । पालिकाले संक्रमित सबैलाई आईसोलेशमा ब्यवस्थापन गर्ने तयारी थालेको छ । 

            यता कृष्णनगर नगरपालिकामा शुत्रवार ११ जनामा कोरोना पुष्टि भएको छ । जसमा दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिल कुमार बिश्वकर्मले जानकारी दिनु भयो। उहाँका अनुसार अन्य ९ जना १४ दिन अघि भारत बाट आएको जानकारी दिनु भयो । जसमा वडा नम्बर १० मा २ जना ,वडा नम्बर १ मा ४ जना ,वडा नम्बर ५ मा १ जना , वडा नम्बर २ मा २ जनामा कोरोना पुष्टि भएको छ। हाल उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अबस्था पनि सामान्य रहेको बिश्वकर्माले जानकारी दिनु भयो । उनीहरु आ आफनो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए ।

            त्यस्तै विजयनगर गाँउपालिकाको वडा नम्बर ७ मा २ र वडा नम्बर ३ मा एक जनाको संक्रमण पुष्टि भएको गाँउपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनु भयो । तिनै जना भारतबाट केहि हप्ता अघि आएर वडा नम्बर मा निर्माण गरिएको राम शरण प्र.विको क्वारेन्टिनमा बसेका थिए । तिनै जनालाई गाँउपालिकामा निर्माण गरिएको आईसोलेशनमा रााखि उपचार गरिने थापाको भनाई छ । 

            यता बुद्धभुमि नगरपालिकामा एक पत्रकार सहित अर्का वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको छ । एक संक्रमित केहि दिन अघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा मा.विको क्वारेन्टिनमा बसेको बुद्धभुमि न.पाका स्वास्थ्य प्रमुख डोल बिक्रम बेल्वासेले जानकारी दिनु भयो । दुई जनाको अबस्था सामान्य रहेको छ । कपिलवस्तुमा अहिले पुन १ जनामा संक्रमण देखिएसंगै ४ पत्रकार संक्रमित भएका हुन् । यसअघि बाणगङ्गामा २ ,कपिलवस्तु नगरपालिकामा १ संक्रमित देखिएका थिए । 

            यो संगै ३ जना पुरुष पत्रकार र १ जना महिला पत्रकार संक्रमित भएका हुन् । संक्रमण पुष्टि भएका २ पत्रकार तौलिहवा स्थित माहुरी होमको गेष्टहाउसमा संचालित आइसोलेशनमा रहेका छन् भने २ जना बुटवल स्थित एन्फा एकेडमीको अइशोलेशन अस्पत्तालमा छन् । यो संगै कुल संक्रमितको संख्या १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । संक्रमित ५२ मध्ये ४९ जना भारतबाट केहि साता अघि आएको थिए । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६