अर्थ-वाणिज्य

निर्धन उत्थानले प्रदान गर्यो डा पन्त स्मृति छात्रबृत्ति



कञ्चन १७ जेठ  रुपन्देहीको कञ्चन गाउपालिकामा बित्तय शाखा रहेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,लिमिटेड हरैया शाखाले महिला समूह सदस्यहरुका जेहेन्दार तथा उत्कृष्ट बिधार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको हरैया शाखाका महिला समूहका सदस्यहरुका छोराछोरीहरुलाई संस्थाका संस्थापक डा हरिहर देव पन्त स्मृति छात्रबृत्ति प्रदान गरेको हो ।

        
बिपन्न घरपरिवारका महिलाहरुलाई बिभिन्न समूह गठन गरी सामुहिक कार्यमा प्रतिबद्ध बनाई आर्थिक उपार्जनको कार्यमा संलग्न हुनमा प्रेरित गर्दै आइरहेको निर्धन लघुबित्त बित्तिय संस्था,लिमिटेडको हरैया शाखाले एक कार्यक्रम गरी कञ्चन गाउपालिका वार्ड नं ३ स्थित झारगैरा महिला समूहका सदस्य देबी ढकालको छोरा बिशाल ढकाल र गैडहवा गाउपालिका वार्ड नं। ६ स्थित सूर्यपुरा महिला समूहका सदस्य लक्ष्मी देबी नेपाल घिमिरेको छोरी रेनु घिमिरेलाई उत्कृष्ट बिधार्थी डा। हरिहर देव पन्त स्मृति छात्रबृत्ति प्रदान गरेको हो । ढकाल र घिमिरेले छात्रबृत्ति स्वरुप जनही ६६ हजार नगद र प्रशंसा पत्र प्राप्त गरेका छन ।
छात्रबृत्ति प्रदान गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधार्थीहरुले आफुनो लगनशिलतालाई निरन्तरता दिन सके कुनै दिन सम्मानित हुन सकिने भन्दै आज ऋणमात्र लगानी गरी ब्याज कमाउने संस्थाले सामाजिक सेवामा लगानी गर्नु संस्थाको उद्धेश्य फराकिलो रहेको भन्ने प्रमाािणत गरेको उल्लेख गर्नु भएको थियो ।

        संस्थाबाट लिएको कर्जाले आफुना सन्ततिहरुको उज्जवल भबिष्य निर्माण बनाउन उधमशिलतामा लगानी गर्नमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाले महोत्वपुर्ण भुमिका खेल्दै जाने समेत बिश्वास गर्नु भएको छ ।
ऋण लगानी गर्नु ठूलो कुरा नभई आफुले लगानी गरेको कर्जाबाट सदस्यहरुले बास्तबिक योजनामा लगानी गरेका छन वा छैनन भन्ने बारे अध्ययन अनुगमन गरी सदस्यहरुबाट भएका राम्रा र नराम्रो दुबै पक्षहरुबारे महिला समूहहरुमा जानकारी गराइ उत्साह दिनु पर्नेमा समेत अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ। फरक प्रसंगमा बोल्दै अध्यक्ष क्षेत्रीले महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणको बिरुद्ध कञ्चन गाउपालिकाले बिभिन्न संघसंस्था तथा बित्तिय संस्थाहरु र सहयोगदाताहरुबाट राहात संकलन गरि बिपन्न घरपरिवारलाई राहत प्रदान गर्दै आइरहेको र अव बिपन्न परिवारहरुलाई राहत स्वरुप गाउपालिकाले रोजगार प्रदान गर्ने बताउनु भएको छ ।

        माध्यमिक तह कक्षा ११ र १२ कक्षामा अध्ययनरत उत्कृष्ट बिधार्थीहरुलाई हरेक बर्ष प्रदान गरिदै आएको डा। हरिहरदेव पन्त स्मृति छात्रबृत्तिले बिधार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने इच्छालाई थोरै भएपनि सहयोग पुर्याउने सोंचका साथ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सेवामा पनि लगानी गर्दै आएको संस्थाका शाखा प्रमुख तुलसा पाण्डेले बताउनु भएको छ । संस्थाले कर्जा लगानी गरेर नाफा कमाउने भन्दा पनि बिपन्न घरपरिवारका महिलाहरुलाई समूहमा संगठित गरि सामुहिक रुपमा काम गरे जस्तो सुकै समस्याहरु पनि समाधान गर्न सकिन्छ भन्ने शिक्षा पनि प्रदान गर्दै आएको र त्यसैको फलस्वरुप संस्थाबाट कर्जा लिई गाई भैसी पालन,कुखुरा पालन,ब्यबसायिक तरकारी खेती,पसल संचालन गरेर आत्म निर्भर भई हिजोका बिपन्न महिलाहरु सम्पन्न भएका उद्धाहरण पनि रहेको शाखा प्रमुख पाण्डेले बताउन् भएको थियो ।
यसैगरी संस्थाले कञ्चन ४ स्थित छपाली टोल महिला समूहका सदस्य भद्री कुमारी थापाकी २५ बर्षिय छोरी हिमा थापालाई दिर्घरोग उपचार खर्च स्वरुप नगद ६ हजार रुपैया समेत सहयोग गरेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६