अन्तर्राष्ट्रिय

लण्डनमा एक नेपालीको उद्धार



काठमाडौँ १७ जेष्ठ ।घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भन्नुभयो, ‘‘मालिकसँग झगडा परेर घर छाडी हिँडेका उनलाई पुनः मालिकको घर फर्काउने वातावरण गराएता पनि सो दिन उनी नफर्की त्यहीँ रहेको खबर पाएपछि भोलिपल्ट बिहान उद्धार गरियो ।”

              आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गर्नुभएको जनाइएको छ । उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ । अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६