अन्तर्राष्ट्रिय

कोरोना भाइरसको संक्रमणले भारतमा ५ हजार १ सय बढीको मृत्यु



एजेन्सी, १८ जेठ ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरको संक्रमणले भारतमा  ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमाँ पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८५ पुगेको हो ।

            भारतमा एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । भारतमा कोरोना संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६