अर्थ-वाणिज्य

नयाँ बजेट आशलाग्दोः उद्योग संघ



बुटवल, १८ जेठ । नयाँ परिस्थिति र चुनौतिको सामना गर्ने, प्राप्त अनुभवलाई अवसरको रुपमा सदुपयोग गरी “सम्मृद्ध नेपाल र सुखी नेपाली” को नारा पूरा गर्ने उद्देश्य सहित अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आ.व.०७७\०७८ को बजेट समग्रमा सकारात्मक र आशलाग्दो रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।  विशेषगरी कोरोनाको प्रभाव, नियन्त्रण, पुनरुत्थान, स्वास्थ्य क्षेत्रको सुधार, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, रोजगारी अभिबृद्धि, शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार, औद्योगिक क्षेत्र विस्तार लगायतका समग्र विषयहरु समेटेर प्रस्तुत भएको बजेट आशालाग्दो रहेको संघको ठहर छ ।  

                कोभिड १९ र लामो समयको लकडाउनले प्रभावित उद्योग क्षेत्रका समस्याहरु समाधानका लागि रुपन्देही उद्योग संघले उठान गर्दै आएको मागहरुलाई समेत सम्वोधन हुने गरी सहुलियत कर्जा, विद्युत डिमाण्ड शुल्क शत प्रतिशत र महशुलमा छुट, सामाजिक सुरक्षा कोष व्यवस्थापन, रोजगारी श्रृजना, आयकरमा सहुलियत, शिपयुक्त जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, साना किसान कर्जा, औद्याातथेगिक क्षेत्र—औद्योगिक ग्राम— विशेष आर्थिक क्षेत्र निर्माण राष्ट्रसेवकको पोषाकमा स्वदेशी उत्पादन प्रयोग, रुग्ण उद्योगको पुनरुत्थान, सामुहिक ट्रेड मार्कको प्रयोग, निर्यातमा प्रोत्साहन, कृषि अनुदान र भण्डारण साथै कृषिको व्यवसायीकरण र यान्त्रीकरण, पारवहन सन्धी लगायतका विषयहरु बजेटमा समेटिनु सकारात्मक रहेको रुपन्देही उद्योग संघको ठम्याई छ । 

            ‘साथै युवा नवप्रवर्तन केन्द्रको स्थापना र युवा उद्यमशिलताको विकास तथा महिला उद्यमशिलता सहजीकरण केन्द्रको स्थापना जस्ता विषयहरु समेटिनु बजेटका सकारात्मक पक्ष हुन’ संघका अध्यक्ष बाबुराम बोहराद्वारा जारी विज्ञप्तीमा भनिएको छ । संघले समग्रमा आ.व. ०७७÷०७८ को बजेट सबै क्षेत्रलाई समेटेर सन्तुलित ढंगबाट आएता पनि यसको कार्यान्वयनमा विश्वस्त हुन सक्ने अवस्था नरहेको धारणा पनि राखेको छ । 

            कोभिड १९ र लामो समयको लकडाउनले प्रभावित देशको अर्थतन्त्रको अवस्था अन्यौल रहेको बेला राजस्व संकलन, वैदेशिक तथा आन्तरिक ऋण र सहायता व्यवस्थापन हुनेमा विश्वस्त हुन सक्ने अवस्था रहेको संघको ठहर छ । संघले बजेटमा सम्वोधन भएका विषयहरु कार्यान्वयनमा समेत गंभीर बनिदिनुहुन सम्बन्धित निकायहरुसँग रुपन्देही उद्योग संघ हार्दिक आग्रह गर्दछ भनिएको छ । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६