लुम्बिनी

भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर



सर्लाही, १८ जेठ । भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ । भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो ।

         उनीहरुले प्रहरीका हतियार खोस्न प्रयास गरेका थिए ।एउटा समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको थियो । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६